बुद्ध एयरले माघ ६ देखि एटीआर–७२ मार्फत तुम्लिङटार उडान गर्ने


काठमाडौं । बुद्ध एयरले आगामी माघ ६ जनवरी २० देखि काठमाडौं–तुम्लिङटार दैनिक उडान एटीआर–७२ जहाजबाट गर्ने भएको छ । एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको छ । ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ । बुद्धले तुम्लिङटारमा बिहान ९ः५० बजे काठमाडौंबाट र १०ः४५ बजे तुम्लिङटारबाट उडान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *