नर्भिक अस्पतालका सेयरधनीले ४२ प्रतिशत लाभांश पाउने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश संसोधन गर्दै केही बढाएर पारित गरेको छ। साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश करसहितगरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८।७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डाहरु पनि पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *