नेपालीले विदेशमा लगानी गरेको पाइए कारबाही गरिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपालमा बसोबार गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न आग्रह गरेको हो । राष्ट्र बैंकले विदेशमा घर–जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा नगर्न आग्रह गरेको छ । यस्तो कार्य गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गर्ने सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *