कांग्रेस संसदीय दलको कार्यालयमा पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् ।

सभामुखको निर्वाचनबारे छलफल गर्न नेता प्रकाश ज्वालालाई साथमा लिएर अध्यक्ष नेपाल कांग्रेसको संसदीय दलको बैठकमा पुगेका हुन् ।

त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु यसअघि नै उपस्थित छन् ।

सरकार बाहिर रहेका लोसपा अध्यक्ष महन्थ ठाकुर यसअघि नै पुगिसके भने जसपा अध्यक्ष उपेन्द्र यादव आउँदैछन् । विपक्षी दलहरुको बैठकपछि कांग्रेसकी ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवारी बनाउने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *