मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नुपर्ने

काठमाडौं । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् । बुधबार मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताएका हुन् ।

देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेका छन् र जिल्ला प्रशासन कार्यालयहरुको निर्देशनमा हाल सबैजसो क्रसर उद्योग बन्द रहेका छन् । क्रसर उद्योगहरु बन्द भएका कारण देशभर निर्माण कार्यहरु पनि रोकिएका छन् ।

अर्थमन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताए । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *