क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन


काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *