सिटिजन्स बैंकका ग्राहकलाई आवरण स्किनमा छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिन‍‍िकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो । सो सम्झौतापश्चात् बैंकका कार्डवाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *