एनआईसी एशिया बैंकको ‘कार्डलेस विथ ड्र’ सुविधा


काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘कार्डलेस विथ ड्र’को सुविधा ल्याएको छ । बैंकले ल्याएको ‘कार्डलेस विथड्र’ सेवाले ग्राहकहरुको दैनिक जीवनलाई नै सहज र सरल बनाएको बैंकले बताएको छ । बैंकका अनुसार ग्राहकको हातमा मोबाइल र एनआईसी एशिया बैंकको एप भए पुग्छ । एपभित्र ‘कार्डलेस विथ ड्र’ अप्सन हुन्छ । जसको प्रयोग गरेर एटीएमबाट आफ्नो खाताको रकम झिक्न सकिन्छ । यो सेवा प्रयोग गर्न कुनै झन्झट छैन, मात्र मोबाइल इन्टरनेटमा जोडिनु पर्छ । सबैभन्दा पहिला तपाईंको मोबाइल इन्टरनेटमा जोडिनु पर्छ । यसका लागि वाइफाइ वा डेटा प्रयोग गर्न सकिन्छ । इन्टरनेट उपलब्ध भएपछि एनआईसी एशिया मोबाइल बैंकिङ एप खोल्नुहोस् । होम स्क्रिनमा विभिन्न सेवाहरु देखिन्छन् । त्यसमध्ये माथिल्लो लाइनको सबैभन्दा दायाँ भागमा ‘कार्डलेस विथ ड्र’ अप्सन हुन्छ ।

यसमा ट्याप गरेपछि कति रकम झिक्न खोज्नु भएको हो त्यो रकम हालेर प्रोसिड गर्नुहोस् । तपाईंले झिक्न खोज्नु भएको रकम ठिक छ कि छैन भनेर कन्फर्मेसन गरेर पुनः प्रोसिड गर्नुहोस् । अब तपाईंले आफ्नो एटीएमको लागि प्रयोग गरेको चार अंकको पिन नम्बर हालेर ‘राइट चिन्ह’मा ट्याप गर्नुहोस् । अब तपाईंको पेमेन्ट सक्सेस भनेर जानकारी आउँछ । यसको साथमा तपाईंको मोबाइल नम्बरमा एनआईसी एशिया अलर्टबाट ‘कार्डलेस विथ ड्र’को लागि ६ अंकको ओटीपी कोड नम्बर आउँछ । यो ओटीपी कोड नम्बर एक घण्टासम्मको लागि प्रयोग गर्न सकिन्छ । त्यसैले यसलाई सुरक्षित राख्नुपर्छ । अब एटीएम मेसिनको स्क्रिनमा कार्डलेस विथ ड्र भन्ने अप्सन हुन्छ, त्यसको बटनमा थिच्नुहोस् र विथड्र भन्ने अप्सनमा ट्याप गर्नुहोस् । अब तपाईंको मोबाइल नम्बर हालेर कन्टिन्यु गर्नुहोस् । अब मोबाइलमा अघि आएको ओटीपी कोड नम्बर हालेर कन्टिन्यु गर्नुहोस् । कति रकम झिक्न खोजेको हो त्यो अंक हाल्नुहोस् । मोबाइलमा जति रकम राख्नु भएको थियो, त्यत्ति नै अंक थिचेर कन्टिन्यु गर्नुहोस् । अब रकम हातमा आउँछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *