माओवादी धार किन भयो विभाजित ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरे । त्यसपछि तीन माओवादी धार अलग भएका हुन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयारीजिम्मेवारी महराको काँधमा भएपनि प्रधानमन्त्री प्रचण्डले संशोधन गरेर तयार गर्न निर्देशन दिएपछि तीन माओवादी धारले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् । ‘संयुक्त अपिल तयार गर्न महराजीलाई तयार गर्न जिम्मेवारी दिएको थियो । त्यसमा नौ माओवादी धारका नेताहरूले सहमति जनाएका थियौ’ वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘महराजीले तयार गरेको अपिल पुनः प्रचण्ड जीले अध्ययन गरे । त्यसपछि अर्को खाका तयार भएको हो ।

प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेललेको भनाइ छ ।
। सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेपछि सहभागी नजाएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको जानकारी दिए ।

पत्रकार बहिस्कार गरेका तीन दल अब माओवादी धारको बैठकमा उपस्थिति नभएर स्वविवेकले अघि बढ्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *