सातदोबाटोले खुमलटारलाई हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । विहिबार च्यासल मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले खुमालटारलाई २-१ गोल अन्तरले पराजित गरेको हो

सातोदोबाटोको जितमा दिपक सिंह ठकुरी र सारडोरबेक माटमुराटोभले एक एक गोल गरेका थिए । त्यस्तै खुमलटारका लागि एक गोल राजीव लोप्चनले गरेका थिए ।

जारी लिगमा सातोदोबाटोको यो चौथो जित हो । यो जितपछि सातदोबाटोको ५ खेलमा १२ अंक भएको छ । त्यस्तै खुमलटारको भने यो तेस्रो हार हो । खुमालटारको ५ खेलमा २ जित र ३ हारसहित ६ अंक रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *