भावि राजनिती सहज हुनुपर्छ


सरल र सभ्य भाषाका लागि हाम्रा चुनौतिहरु अति रन्जित तवरले दौडिरहेका छन तापनि हामी मानव जातिले हरेक गौणहरुवाट लालचमा फसेर पैसा नै जिवनको ठूलो महत्वपूर्ण भार सम्झने जिवनयापनका लागि चाहे उच्च तहमा आसिन होस या अन्य पदिय दायित्व वहन गरेका हुन आखिर सवैमा निहित स्वार्थता वढि रहेको नेपालको अर्थतन्त्रको अहिलेको आकडाको सक्षपले वताईएको अनुभव सवैमा निहित नै रहेको छ ।
हाम्रो राष्ट गौरव राष्ट सधै र सवैका लागि पारदर्सि र स्वछन्दतामा रहेका पौराणिक काल देखि हाम्रा पूर्वजहरुले जोगाई रहेको अम्मर रुपि पूर्व देखि पश्चिम महाकालि र उत्तर चिन देखि दक्षिण भारतसम्म फैलाईएको विशाल देश नेपाललाई विखण्डन वनाउने जस्ता होडवाजिले गर्दा तपाईं हामि सवैको मनमा नैरास्यता वढदै जानू र भावि पुस्ताका लागि सहज मुलवाटो रोज्न वाध्य वनाई विदेशिको पन्जामा सुम्पन बाहेक विकल्प नहुने अवस्थाको श्रृजना गर्नु हाम्रा लागि दुर्भाग्यको वाटो पन्छाउनु हो भन्ने आम जनतामा महशुस भैरहेको र भावि राजनिती सहज हुदै जानु पर्दछ भन्ने मान्यतामा अग्रसरता देखाउनु जरुर छ ।
नेपाली हामी सरल स्वभाव ,निसकपट र निसछलताका लागि कहिल्यै अग्रसरताको वाटो पहिल्याउने हिम्मत गर्ने तर्फ दरिलो वन्ने आट र भरोसाको ईच्छा प्रति लज्जित भएर उभिने मौका लिएको पाईदैन । आज देशमा वढ्दो वेरोजगारि र नेताहरुले न्यायोचित कदम नपहिल्याउनाले हर दिन विस्मातका खुटकिला उक्लनु वाहेक जनताले हिम्मतका साथ सास फेर्नै पनि साच्चै भन्ने हो भने पाईएको अवस्था नै देखिएको पाईदैन । नेताले इज्जत रुपि वस्र धारण पहिरिएको पाईएन । आफनो जिवनले आफनै भरोसा गर्न नसक्नु ,परिवारमा वुढ्याईपनको महत्व नहुनु अरुले पकाईएर मिठो खाना समेत मुस्किलले खान नसक्नु भैसकेको अवस्था छ त धनकै लोभ लाभमा निरीह हुनु आखिर त्यो धन त पक्कै मर्दा सङगै पठाउंदैनन् होला र केवल जाति वा नजातिको शव्द शब्द मात्र हामि जिवितले भन्ने गर्दछौं यो वाहेक उनिमा केही अस्थित्व हैसियत नै देखिएको अवस्था हुदैन ।
हालको अवस्थाले राजनिति मोड लिनु पनि सरकारको फित्तलो र एक लव्वे आफनो मात्र मनोमानि जनता प्रति कुनै किसिमका न्यायोचित भावना नसमेटि हटताको भावनाले स्वईच्छाचारि वनेर वाटो एक्लैले मात्र पार तर्न खोज्नाले कसिलो वन्धन फुकाउन माओवादिलाई वाध्य भएको अनुमान तपाईं हामि सवैले सजिलै आकंडा गरिरहेका छौ । राज्यमा दुईमहिनाको अन्तरालमा यसरी पाँच वर्षका लागि कस्सिएको अकण्टक रुपको गाठोंलाई राजनितिदलहरु सवै मिलेर अझ कस्सिलो वनाउने मनसाय वोकि माओवादिलाई जनता प्रति माया ममताका लागि योग्य कदम उठाई भावि दिनका लागि समेत उर्जा वढाएर जनताका मन जित्नु पर्छ भन्ने धारणाका वावजुद सङगठित गाठों अचानक स्वयं चिरा पार्न एमाले घमण्डिका रुपमा म वलियो छु मेरै जित हुनेछ भनि लम्पसारवाद वनेको कारण सवै सत्ता गुमाउनु पर्दा कति नैराष्य वनेको छ त्यो स्वयं उच्च नेताका लागि भोलिका दिनमा वढो गम्भीरता पूर्वक समयमता अपनाउनु परिरहेको छ भन्ने कुरा जन मानसमा भान परिरहेको छ । यस भन्दा अगाडि देउवा सरकारले यस्तै एक लव्वेका आधारहरु खोजि समय वेतित गरि रहदा एमालेले सत्ताका लागि हर प्रयास विर्सेर भोलिका दिनमा कसरी राज्य चलाउनु पर्छ र अहिलेको सङगठन वलियो हुन्छ कि हुदैन भन्ने सोचमा गैर जिम्मेवारी वनेर श्री ३ सरकारले हात हल्लाए झै हात हल्लाई मजाक धव्वा उडाई नेपाली कांग्रेसलाई खिल्लि उडाई एकलौटि तर्फ हौसलाको लगाम लगाई भोलिका दिनमा सोच विचार र जनताका भावना नवुझि पासावाट सधै जितिन्छनै भन्ने अनुमान गरेर पासा खेल्दा सधै नै जोकर जति मै सङग मात्र पर्छ भन्ने अठोट लिई गम्किला मुहारले वस्दा कुने परिणाम आफनो पोल्टामा रहेको मकैको फांको अरुले थाहै नपाई खाईदिनाले अरु अघाउने र आफू भोक्कै वस्ने अवस्थाको श्रृजनाले गर्दा भावि पुस्तामा कुनै पनि राजनितिदलहरुको खण्डिकरण भै जनताको उत्तरदायित्व वहन गर्ने र जिम्मेवारी पूर्वक कुनैे पनि दलका नेताहरुवाट सुशासन राजनिती सिकाउन तत्परता देखाउन नखोज्नुले शिस्टताको राजनिति अलमलिएको अनुमान सजिलैसंग गर्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *