अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन्– मलाई गिरफ्तार गर्न खोजियो


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अवैधानिक तवरबाट गिरफ्तार गर्न खोजिएको बताएका छन् । उनले आफू गिरफ्तारमा पर्ने सम्भावना भएको भन्दै आफ्ना समर्थकलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । ट्रम्पमाथि लागेका यौन शोषणका घटनालाई ढाकछोप गर्न उनले मोटो रकम तिरेको विषयमा यतिबेला न्यूयोर्कका अनुसन्धानकर्ताहरूले छानबिन गरिरहेका छन् । सोही क्रममा ट्रम्पले पक्राउ पर्ने सम्भावना बढेको भन्दै आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेको एपीले जनाएको छ । ट्रम्पका वकिलहरूका अनुसार अभियोजकहरू र उनीहरूबीच कुनै अन्तर्क्रिया भएको छैन । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफूलाई मंगलबार हिरासतमा लिने सम्भावना भएको जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *