कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।
शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौलाले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । २०४५ मा स्थापना हुँदा संस्थापक सदस्य तथा त्यसपछि आठवटा कार्यसमितिमा महासचिव तथा उपाध्यक्ष रहेका निरौला निर्माता निर्देशकसमेत हुन् ।

उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल वैरागीले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् ।

सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल छन्दे, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *