राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय भने रास्वपाले गरिसकेको छैन । सभापति लामिछानेको सांसद पद खारेजसँगै गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको भने थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *