महतलाई अर्थमन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई अर्थमन्त्री बनाइने भएको छ । प्रचण्ड सरकारमा अर्थमन्त्रालय नछाड्ने भएका कारण कांग्रेसले डा. महतलाई अघाडि बढाउने भएको छ । श्रोतका अनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्ना बिश्वास पात्र महतलाई अर्थमन्त्री बनाउने आश्वासन दिएका छन् ।

देउवाले आफ्ना निकटहरु संगको छलफलमा अर्थमन्त्रालय सम्हाल्ने उपयुक्त पात्र अहिलेका लागी डा. महत नै भएको बताएका छन् । उनी बाहेक ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, उदय शमशेर राणाले पनि अर्थमन्त्री बन्ने चाहना राखेका छन् ।

मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेका महामन्त्री गगन थापाले पनि आफ्नो कोर टिमको बैठकमा अर्थमन्त्रालय पाए काम गर्ने बताउन थालेका छन् । तर देउवाले भने डा. महतलाई अघि सार्न लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *