अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निणर्य

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएपछि यस्तो निर्णय गरेको हो ।

नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने भएको सांसद गंगाराम चौधरीले बताए । आज दिउँसा ३ वजे मन्त्रिपरिष विस्तार हुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *