एसबिआई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित


काठमाडौं । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसरमा एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । वार्षिक उत्सव समारोहको अवसरमा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लाई प्रशंसापत्र प्रदान गरेको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे लाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८।७९ भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *