अर्थमन्त्री महतलाई लहडका योजनाहरू बजेटमा नसमेट्न महामन्त्री शर्माको अनुरोध

काठमाडौं । नेपाली कांग्रेस सांसद विश्प्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

विगतका वर्षहरूमा यस्ता धेरै लहडका योजनाहरू हालिएकाले बजेट कार्यान्वयनमा पनि नआएको र वित्तिय स्थिति नै कम्जोर बनेकाले विगतमा जस्ता कम्जोरी नदो¥याउन अर्थमन्त्री महतलाई सांसद शर्माले आग्रह गरेकमा हुन ।

प्रतिनिधि सभामा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि विचार राख्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन् । गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण परियोजना एकै पटक थालनी गरिएकोमा महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा प्राथमिकताका आधारमा अगाडी बढाउनुपर्ने राय उनको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *