सांग्रिला डेभलपमेन्ट बैंक र मोको डिजिटल वालेटबीच सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरेर कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी ६ हजारभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *