बयानका लागि सरकारी वकिल कार्यालयमा बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगेको हो । सो प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगिसकेको छ । आइतबार पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *