रेशम चौधरीको आममाफीविरुद्ध परेको रिट हेर्न नभ्याउने सूचीमा

काठमाडौं । रेशम चौधरीविरुद्ध परेको रिट आज हेर्न नभ्याउने सूचीमा परेको छ ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि त्यो निर्णय कार्यान्वयन नगर्न भन्दै मंगलबार शारदा बोहरा कठायतले रिट निवेदन दर्ता गरेकी थिइन् ।

सर्वोच्च अदालतले बुधबारका लागि पेसी तोकेको थियो । आज रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको थियो । अन्य रिटमाथिको बहस नसकिएकाले इजलासले आज चौधरीको मुद्दा हेर्न नभ्याउने सूचीमा राखेको हो । अब फेरि अर्को पेसी तोक्नुपर्ने हुन्छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारले चौधरीलाई आममाफी दिने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । सोहीअनुसार उनी सोमबार रिहा भइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *