आइएमईपेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ हजार सम्म क्यासब्याक


काठमाडौं । आइएमईपे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर(रु१०००सम्म) क्यासब्याक पाउन सक्नु हुनेछ । वैशाख १४ देखि साउन ३१,२०८०सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरीआइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरैबसी सजिलै तिर्न सक्नु हुनेछ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमईपे आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली २०७२बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन।

यसले व्यक्ति व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमईपेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *