फेरि सभापतिमा उठ्न पाउँदिन ः देउवा


चितवन । चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् । कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् ।

एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको स्पष्टीकरण दिए । पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको पनि देउवाले बताए । कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमतिपूर्ण नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *