बाढीपहिरो र डुवानबाट पीडितको उचित प्रबन्ध गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानबाट पीडितको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा मानवीय साथै भौतिक सम्पत्तिको समेत ठूलो क्षति भएको भन्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।

साथै, सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रभावित जिल्लाका कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न कांग्रेसले अपील गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *