नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबि सुुन आज घटेर १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *