राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४ सय ६५ जना कर्मचारी


काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४ सय ६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ त)सम्म कर्मचारी माग गरेको हो ।

बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो । कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टू देखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *