पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका श्रीमान्‚ दुई छोरा र दुई छोरी छन् । दिवंगत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुनुहुन्छ । उनको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *