तादीको उपाध्यक्षको खेतको पहिरो छेक्न साढे चौध लाख, काम गुणस्तरहीन–भुक्तानी रोकियो

खरानीटार । नुवाकोटको तादी गाँउपालिकामा बेथितीले एकपछि अर्को निरन्तरता पाएको छ । गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित भएका सन्तमान तामाङसंग उपाध्यक्षमा निर्वाचित सञ्जु प्याकुरेल (श्रेष्ठ)ले आफूलाई आफ्नो पार्टीको तर्फबाट अध्यक्ष सरहको स्थान खोज्दै आइरहेको नौलो विषय कुनै नौलो होइन ।

उपाध्यक्ष श्रेष्ठले सबै विषयमा अध्यक्ष सरह अधिकार खोज्दै पद र शक्तिको दुरुपयोग गर्दै आइरहदा पछिल्लो समय आफ्नै खेतमा लडेको पहिरो नियन्त्रण गर्न भनेर १४ लाख ५० हजार रुपैयाँ खर्च गरेको भन्दै भुक्तानीको लागी प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाललाई दबाब दिइरहेको पाइएसगैँ थप अर्को बेथिती बाहिर आएको हो ।

बागमती प्रदेस सरकारबाट अनुदान प्राप्त १४ लाख ५० हजार रुपैयाँले ‘दोर्खुखोला बङ्गेटार कुलो मुहान हुदै कुमालटार मझुवा नदी नियन्त्रण’को लागी भनेर आएको बजेटले कुलो मर्मतको सट्टामा उपाध्यक्ष श्रेष्ठको आफ्नै खेतमा पहिरो रोक्नको लागी भनेर कम लागतमा कमजोर संरचना बनाई भुक्तानी मागको लागी प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिइरहेको पाइसगैँ उक्त योजनाबाट लाभ लिनुपर्ने किसानहरुले उनको कार्य प्रति बिरोध गरेका छन् ।

उक्त काम गर्नको लागी सार्वजनिक रुपमा भेला समेत आह्वान नगरी उपाध्यक्षले आफ्नै ससुरा सिंहबहादुर श्रेष्ठलाई उपभोक्ता समितिको अध्यक्ष बनाई आफ्नै निकटका व्यक्तिलाई समितिमा राखेर ‘दोर्खुखोला बङ्गेटार कुलो मुहान हुदै कुमालटार मझुवा नदी नियन्त्रण’को लागी आएको बजेटको दुरुपयोग गरेको तथ्य बाहिर आएको हो ।

उनको आफ्नै खेतको पहिरो रोकथामको लागी काम गर्ने र त्यो पनि गुणस्तरहीन पाइएसगेँ उक्त योजनाबाट लाभ लिने अन्य किसानहरुले बिरोध गर्दै भुक्तानी रोक्नुपर्ने अन्यथा आफूहरु अख्तियार जान बाध्य हुने चेतावनी दिएका छन् ।
जसरी पनि भुक्तानी चाहियो भनेर उपाध्यक्षले दबाब दिएपछि असार मसान्तको कामको चापमा रहेका प्रमुख प्रशासकीय अधिकृत छिनाल पनि तनाबमा परेका छन् ।

अहिलेको निर्वाचित जनप्रतिनिधि आएपछि एक वर्षको अवधिमा चारवटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुनुको कारण पनि गाँउपालिकाको कर्मचारी र अन्य जनप्रतिनिधिहरु उपाध्यक्ष श्रेष्ठले आफूलाई अध्यक्ष सो सरह ठान्ने प्रवृत्तिको नतिजा भएका बताउछन् ।

पालिकाको कार्यालयबाट दुई सय मिटरको दुरीमा घर भएको उपाध्यक्षलाई पालिकाबाट आवाशीय सुविधा (क्वाटर)को माग गर्ने शैलीले ल्जज्जास्पद बनाइरहदा तिजको दर खाने कार्यक्रमको बजेटदेखि उपाध्यक्षको लागी अति आवश्यक परेको भनेर व्यक्तिगत प्रयोजनको लागी खरिद गरेको ल्यापटप समेत सस्तोमा किनेर महङ्गोको बिल पेश गरेपछि भुक्तानीमा देखिएको अफ्ठ्यारोमा थप अर्को समस्या अहिले आफ्नै खेतको पहिरो बनाउन १४ लाख ५० हजार रुपैयाँ लगानी गरेको र त्यो पनि गुणस्तरहीन काम गरेपछि तादीको उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ थप विवादमा तानिएको हो ।

माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि तथा पाटीपंक्ति पनि उनको रबैया देखेर छक्क पर्न थालेका छन् । सुरुवाती समयमा उपाध्यक्षको क्रियाकलापको बचाउमा लाग्ने गरेका उनको पाटी निकटका प्रतिनिधिहरु अहिले उनी प्रति नै असन्तुष्ट जनाउदै जनप्रतिनिधि भएपछि उनीमा देखिएको परिवर्तनले काम गर्न नै असहज भएको बताउन थालेका छन् ।

उनले घरमा सहयोगीको रुपमा राखेको एक महिलालाई यही असार लागेपछि गाँउपालिकको कर्मचारीको रुपमा नियुक्त माग गरेर घरको कम गर्नेलाई पालिकाले तबल दिनुपर्छ भनेर समेत माग उठाएपछि उनलाई देखेर अहिले यस्तो पनि जनप्रतिनिधि हुदो रहेछन् भन्न थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *