बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *