बालेन माथि आयो चुनौति ,रोकियो फोहोर,बञ्चरेडाँडा फोहोर व्यवस्थापन अवरोध

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आजबाट फेरि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो । धुनीवेंसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।

उनले भने, “फोहोर र मानिससँगै बस्नै सक्दैन, कि फोहोरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।”आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए ।

विगतका वर्षहरुमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको पाईनथ्यो । महानगरले यसवर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *