भारत ए विरुद्ध नेपालको खराब शुरुवात

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब शुरुवात गरेको छ ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरको खेल सकिदा आधा टिम आउट भएको छ । १५ ओभरमा नेपालले ५ विकेट गुमाएर केवल ५५ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन बनाएर आउट भए भने भीम सार्की ४ रन र कुशल मल्ल शुन्यमा आउट भए ।

भारतीय बलर राजवर्धन हंगारगेकरले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट लिएका छन् ।यस्तै आज नेपालको लागि निकै चुनौतिपूर्ण खेल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *