‘सुरा र सुन्दरी’मा पुष्कर र मोनिकाको रोमान्स

काठमाडौँ । शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकी अभिनय रहेको छ ।

भिडियोमा हरि मानन्धर विवशको शब्द रचना र सुरेश गैरेको संगीत रहेको छ । बिनय राज पौडेलको निर्देशन रहेको म्युजिक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् । सविन घिमिरे, दिपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिनय रहेको छ ।

भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको सम्पादन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *