बालेन माथि आयो चुनौति , रोकियो महानगरको फोहोर, फोहर उठ्न केही दिन लाग्ने

काठमाडौँ । महानगरको फोहोर पुन: अवरोध भएपछि महानगरलाई चुनौति सुरु भएको छ । बञ्चरेडाँडा लगाएतमा फोहोर व्यवस्थापन हुनमा फेरि अवरोध उत्पन भएपछि स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले उपत्यकाका स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो ।

विगतका वर्षहरुमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको पाईनथ्यो । महानगरले यसवर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ ।

महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए । यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चारपाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको बताए । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’

‘स्थानीय बासिन्दाले फोहरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’ उनले भने ।

पटक पटक महानगरले झुटा कुरा र लोभमा पारि जनताको पिडा नबुझेको स्थानियहरु बताउँछन । उनिहरु भन्छन माग नयाँ होइन, पुरानै हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *