महामन्त्री थापाकाे जन्मदिन केन्द्रीय समिति बैठकमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् ।

साउन २ गतेबाट जारी भएको केन्द्रीय सदस्यको तेस्रो बैठक सकिएपछि महामन्त्री थापाले जन्मदिनको दिन बैठकमा भेला भएका सबैसंग रमाईलो गर्दै केक काटेर जन्मदिन मनाएका हुन् । महामन्त्री थापाको जन्म दिनमा सभापति देउवा , विश्वप्रकाश शर्मा लगाएतले एक अर्कामा केक खुँवाउदै मनोरञ्जन लिएका छन् ।

केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका छन् । बिहिबारको बैठक सकिएपछि महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाको जन्मदिन मनाउने जानकारी गराएका थिए । उक्त जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रममा जन्म दिनको संगीत गुञ्जीएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *