रोमस्थित ओलम्पिक रंगशालामा प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको अवलोकन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको राजधानी रोमस्थित ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त रंगशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राखेका थिए । सो रंगशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रंगशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले रंगशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई रंगशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रंगशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रंगशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *