शुभकामना साकोसमा २७ प्रतिशत तरलता


भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको संस्थाले नासमना र ब्यासीमा सेवाकेन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय लगायतका विविध सेवा प्रदान गर्दै आएको शुभकामना साकोसले २०८० असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संघीय सहकारी विभागले दिएको निर्देशन बमोजिम संस्थाले मासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

असार मसान्तसम्म शेयरपुँजी १० करोड ७० लाख ३९ हजार र जगेडा कोषमा १४ करोड ३० लाख ३१ हजार पुगेको छ । उक्त अवधिमा संस्थाको कुल बचत ९२ करोड ६४ लाख ८९ हजार रहेको छ भने ऋण लगानीमा ९५ करोड ५ लाख रहेको छ । संस्थाको सम्पत्ति १ अर्ब २७ करोड ७२ लाख पुगेको छ । असार मसान्तमा तरलता प्रतिशत २६.४४ प्रतिशत रहेको छ । संस्थामा ९ हजार ४ सय ६ सदस्य रहेकोमा ६सय ६५ जना सदस्यले ऋण लिएर कारोबार गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *