रिलायबल लाइफको १० कित्ता सेयर ९ लाख ६० हजारले पाए


काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवदेकले आवेदन दिएका थिए । उक्त आईपीओमा कुल एक करोड ६० लाख ५४ हजार १ सय ६० कित्ता बराबर एक अर्ब ६० करोड ५४ हजार १ सय ६० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ५९ लाख ३० हजार १० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ ।

बाँकी १७ हजार ६ सय ८० कित्ता सेयरको आवेदन रद्द भएको छ । इन्स्योरेन्सले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेको थियो ।

अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका थिए । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाएका थिए । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओको रिजल्ट सिभिल क्यापिटल मार्केटको वेवसाइट र सिडिएससिको वेवसाइट आईपीओ रिजल्ड सिडिएससीबाट हेर्न सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *