सर्वदलीय बैठक निष्कर्षविहीन, संसद बैठक स्थगित हुने, सर्बदलिय बैठक भाेलि फेरि बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक सकिएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताहरूको बैठक सहमति नजिक पुगेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको बैठक सहमति नजिक पुगेको बताउदै सभापति लामिछानेले अब भोलि बस्ने अर्को बैठकमा सहमति हुने बताए ।

बैठकमा सुन तस्करी प्रकरणको छानबिन सिआइबीले अन्तिम चरणमा पुग्न लागेको गृहमन्त्रीले ब्रिफिङ गर्दै अनुसन्धान सक्ने समयसम्म पर्खिन आग्रह गरेको लामिछानेले जानकारी दिए ।

बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी शीर्ष नेताहरूलगायत पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष सुवास नेम्बाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपा सभापति रवि लामिछाने, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासनमन्त्री अनितादेवी सहभागी बैठकमा सहभागी थिए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी थिएनन् ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *