नेप्से सूचक ओर्लियो , कारोबार १ अर्ब ४० करोड

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १९ सयको रेन्जमा झरेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ । नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २०० को विन्दुबाट तल झरेको छ । यसबीचमा नेप्से ७ साउनमा २२२७.१६ को बिन्दुसम्म पुगेको ओरोला लागेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताल १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो ।

सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २ लाखको कारोबार हुँदा आईएमई लाइफको ५ करोड ८४ लाख र सोल्टी होटलको ५ करोड ७९ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर छ र सोमबार नेप्सेमा कारोबार भएकामध्ये लक्ष्मी लघुवित्त र कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयर नेप्सेमा सूचीकृत भएर सोमबारदेखि मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

यस्तै सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.१९ सयको रेन्जमा झरेको छ१८ प्रतिशतले बढेको छ ।

मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले गिरावट भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *