सुन तस्करी प्रकरण : पक्राउ परेका राहुल महरालाई हिरासतमा राख्न अनुमति

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा फक्राउ पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

महरामाथि संगठित अपराधमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राख्न अनुमति माग गरेको सीआईबी स्रोतले जनाएको हो । केही महिनाअघि चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका अनुसन्धानबाट खुलेको थियो ।

त्यस क्रममा चिनियाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर, उनीहरुविरुद्ध अनुसन्धान भएको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *