ललिता निवास प्रकरणका प्रतिवादीको बयान आज सकिँदै

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान आज सकिँदैछ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको प्रतिवादीको बयान आज सकिने भएको हो ।

बुधबारसम्म १३ प्रतिवादीको बयान सकिएको थियो । बिहीबार सार्वजनिक बिदा भएका कारण बाँकी पाँच प्रतिवादीको बयान आज सक्ने तयारी रहेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । आज केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन, लोकहरि घिमिरेसहितको बयान लिइँदैछ ।

शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा र बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल र बाबुराजा महर्जनको बयान लिइसकिएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ललितानिवास जग्गा नामसारीका क्रममा भएको किर्तेसम्बन्धी मुद्दा दायर गरेको थियो । यो प्रकरणमा २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । जसमा ललितानिवासका तत्कालीन मालिक सुवर्णसमशेरका परिवारका सदस्यहरू पनि रहेका छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *