ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारबाट थुनछेक सुरु

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

थुनामा रहेका प्रतिवादीमा मिन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका संचालक लगायत लोकहरी घिमिरे, कार्यालय प्रमुख समरजंग कम्पनी, गोपाल कार्की, अवकाश प्राप्त खरिदार , शिवजी भट्टराई, तत्कालीन वडा सचिव ,घमान कुमारी कार्की, नापी सर्भेक्षक ,बाबुराजा महर्जन, नक्कली मोही, देव नारायण महर्जन, मोही , ध्रुब प्रसाद अर्याल, नापी सर्भेक्षक ,योगराज पौडेल, नासु डिल्लीबजार मालपोत , नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत , रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग , बालकृष्ण श्रेष्ठ, सीडिई भौतिक योजना तथा निर्माण मन्त्रालय , बिनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी , केशव तुलाधर , बिचौलिया, अरुण कुमार श्रेष्ठ , कर्मचारी नापी विभाग , कलाधर देउजा , प्रमुख डिल्लीबजार मालपोत , सञ्जय महर्जन , नक्कली मोही,सकलानन्द महर्जन, नक्कली मोही रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *