सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *