आज तिजको दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।

त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *