देश र जनताको हितका निम्ति पार्टी अग्रपंक्तिमा उभिन्छः नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन् ।

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यामबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम शुरु गर्न लागेको पनि स्पष्ट पारे । यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई विदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे । उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पु¥याउने बताए ।

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताए । उनका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ । अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरु आम जनतालाई जानकारी गराउनेलगायतका जनपक्षीय कामहरु हुने पनि नेकपा ९एकीकृत समाजवादी०ले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *