बिहारमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । भारत बिहारको रामगढवामा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटरको दूरीमा रहेको मोतिहारी जाने मुलसडकमा पर्ने रामगढवामा मंगलबार रौतहटको गौर नगरपालिका– ९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । रौतहट प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै मृतकको शव मंगलबार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन् ।

रामगढवास्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हानेर हत्या गरिएको आशंका गरिएको छ । भारतीय सहर मुजफ्फरपुरबाट बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेट मै उनीमाथि गोली प्रहार भएको हो । सिंहको छातीमा गोली लागेको छ । त्यस्तै, उनको साथमा भएको २९ लाख भारतीय रुपैयाँसमेत लुटिएको छ । चार जनाको समूहमा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त समूहले प्रयोग गरेको गाडी प्रहरीले घटनास्थल बाट बरामद गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *