चितवनमा महिन्द्राको नयाँ सोरुम


काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले चितवनको पारस बसपार्क चोक नजिक नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभीहरु– स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्री डबल ‘ओ’ ) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम सञ्चालनमा ल्याएको बताएको छ ।

यसअघि, कम्पनीले काठमाडौं, इटहरी र जनकपुरधाममा पनि सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ ट्विन पिक्स ब्रान्डेड महिन्द्राका एक्सयूभी सोरुमको उद्घाटनमा इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एन्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एन्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरलगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिको उपस्थितिमा भएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *