अख्तियारको कर्मचारी भन्दै संघ संस्थाबाट सुविधा लिने पक्राउ


काठमाण्डौ । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न संघ संस्थाबाट सुविधा लिने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

सरकारी तथा संघ संस्थामा अख्तियारको कर्मचारीको नाममा सुविधा लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राझामा डेरा लिई बस्ने गरेका ३७ वर्षीय मोहन कोइरालालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका कोइरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गालीगलौज गरी काम कारबाहीमा अवरोध गरेको डीएसपी डाँगीले बताए । कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *