देउवा र गुटेरेसबीच भेटवार्ता , शान्ति प्रक्रियालाई प्राथमिकता


काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको शिष्टाचार भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिएका छन् ।

गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’एमाले अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा उनि भोलि सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । भने मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनि नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *