भारती मान्नधरको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतमा भारती मान्नधरले पेश गरेकाे मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा रोकिएको छ ।

मंगलबार उनको मुद्धामाथि कानुन व्यवसायीहरुले गरेको बहसको अन्त्य नभएकाले मुद्धाको सुनुवाई नभएको हो । आज स्थगित बनेको उक्त मुद्धाको सुनुवाई बुधबार रोकिएको स्थानबाट नै सुरु हुने जनाइएको छ । आफ्नो श्रीमानको हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध भारती मानन्धरले सर्वोच्चमा मुद्धा पेस गरेर आँफूले न्याय पाउनुपर्ने माग गर्दै आएकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *